कावासोतीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

सोमवार , कार्तिक ३०, २०८३

नवलपुर,३० कात्तिक – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ गइरहेको बस दुर्घटनामा परेको हो ।

प्राप्त विवरणअनुसार, सोमवार बिहान करिब ६ बजेर ४० मिनेटको समयमा कावासोती नगरपालिका–११ स्थित लोकाहामा बस दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो ।

दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको जनाइएको छ । दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको विस्तृत परिचय तथा अन्य विवरण भने प्राप्त हुन बाँकी रहेको छ । घटनाको कारण र दुर्घटनासम्बन्धी अन्य पक्षबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया