आज शुक्रवार सुनको मूल्य १२ हजार २०० रुपैयाँले घट्यो

शुक्रवार , मंसिर ४, २०८३

काठमाडौं,०४ मंसिर – नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार उल्लेख्य गिरावट आएको छ । एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेपछि सुनको मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको हो । एकैदिन भएको यो गिरावटले सुनको बजार मूल्यमा उल्लेख्य परिवर्तन ल्याएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया