बुधवार, श्रावण २० गते २०८३

Wednesday 5th August 2026

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बुधवार , श्रावण १३, २०८३

काठमाडौं,१३ साउन – नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो  ।

योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

मंगलबार ४ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा थियो । सोमबार १ हजार ४०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ थियो । आइतबार १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा थियो । 

यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ थियो । 

सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँमा थियो ।

प्रतिक्रिया