बिहिवार, कार्तिक १३ गते २०८३

Thursday 29th October 2026

सल्यानमा अटो दुर्घटना, एकको मृत्यु र चालक घाइते

बिहिवार , कार्तिक १३, २०८३

सल्यान,१२ कात्तिक – सल्यानको बागचौर नगरपालिका–१० मा अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

प्रहरीका अनुसार, बिहिवार बिहान ०१ः३० बजे रा १ ह ६१२६ नम्बरको अटो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका–०५, सिर्बाली निवासी ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अटो चालक बागचौर नगरपालिका–१०, माथिल्लो मोखोला निवासी निर्मल कवर मगर घाइते भएका छन् । उनलाई उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुर्घटना हुनुको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया