बिहिवार, कार्तिक १३ गते २०८३

Thursday 29th October 2026

आईजीपी कार्कीले बोलाए उच्च प्रहरी अधिकारीको बैठक

बिहिवार , कार्तिक १३, २०८३

काठमाडौं,१२ कात्तिक –  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनका नीतिगत विषयमा छलफल तथा निर्णय गर्न प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठक आह्वान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा बस्न लागेको उक्त बैठकको नेतृत्व स्वयं प्रहरी महानिरीक्षक कार्कीले गर्नेछन् । प्रहरी उच्च स्रोतका अनुसार बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ ।

प्रहरी संगठनका महत्त्वपूर्ण नीतिगत विषयमा छलफल तथा निर्णय गर्ने उद्देश्यले पीसीसी बैठक बस्ने प्रचलन छ । संगठनको नीति निर्माण, समन्वय तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्न गठित यस समितिमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने गर्छन् ।

प्रहरी संगठनको उच्च तहका अधिकारीहरूको सहभागितामा हुने यस बैठकलाई संगठनका नीतिगत विषयमा छलफल गर्ने महत्त्वपूर्ण संयन्त्रका रूपमा लिइन्छ । प्रहरी नेतृत्वले आवश्यक ठानेका विषयमा छलफल तथा निर्णय प्रक्रियालाई अघि बढाउन यस्तो बैठक आयोजना गर्ने गरिएको छ ।

यद्यपि, यसपटकको बैठकमा कुन विषयलाई मुख्य एजेन्डा बनाइएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । बैठकमा छलफल हुने विषय तथा सम्भावित निर्णयबारे प्रहरी स्रोतले थप विवरण सार्वजनिक गरेको छैन ।

प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा बस्न लागेको बैठकले संगठनका समसामयिक नीतिगत विषयलाई कसरी सम्बोधन गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया