काठमाडौं, १५ साउन – आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको छ अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार सुनको भाउ २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ ५० रुपैयाँ बढेसँगै प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ३१० रुपैयाँ थियो । गत शुक्रबार चाँदीको भाउ ४ हजार ३५० रुपैयाँ थियो ।