शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज  सुनचाँदीको मूल्य घट्यो

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं ,१२ साउन - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घटेको हो  ।

योसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 


सोमबार १ हजार ४०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ थियो । आइतबार १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा थियो । 

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँमा थियो । 

प्रतिक्रिया