बुधवार, आश्विन २८ गते २०८३

Wednesday 14th October 2026

रुपन्देहीमा अटो र मोटरसाइकल ठोक्किँदा महिलाको मृ त्यु, चालक घा इते

मंगलवार , आश्विन २७, २०८३

रुपन्देही,२७ असोज –  रुपन्देहीको रोहिणी गाउँपालिका–३, टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृ त्यु भएको छ भने मोटरसाइकल चालक घा इते भएका छन् ।

मंगलबार अपराह्न ४ः३० बजे भैरहवाबाट धकधईतर्फ गइरहेको लु.प्र.०१–००१ ह २६०० नम्बरको अटो र सोही दिशामा गुडिरहेको लु.प्र.०१–००६ प ९३०२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नवलपरासी पश्चिमको सरावल गाउँपालिका–५ निवासी ४६ वर्षीया रितादेवी कहारको मृ त्यु भएको हो । दुर्घटनापछि घाइते अवस्थामा उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पु¥याइएको थियो । चिकित्सकले अपराह्न ४ः४५ बजे उनलाई मृ त घोषणा गरेका थिए ।

दुर्घटनामा सोही स्थानका मोटरसाइकल चालक २४ वर्षीय शिवकुमार कहार सामान्य घा इते भएका छन् ।

प्रहरीले दुर्घटनामा संलग्न अटोका चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ निवासी ४६ वर्षीय मुवारक ओलीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका दुवै सवारीसाधनसमेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया