बुधवार, आश्विन २८ गते २०८३

Wednesday 14th October 2026

तनहुँमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृ त्यु

मंगलवार , आश्विन २७, २०८३

तनहुँ,२७ असोज – तनहुँको भिमाद नगरपालिकामा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृ त्यु भएको छ ।

भिमाद नगरपालिका–५, शीतलमार्गस्थित भित्री सडकखण्डमा मंगलबार बिहान मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३ वर्षीय स्वरूप गैरेको मृ त्यु भएको हो ।

मंगलवार बिहान करिब ८ बजेर ५० मिनेटमा भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको ग.प्र.०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले गैरेलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि तनहुँको झरौटास्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पु¥याइएको थियो । उपचारकै क्रममा बिहान ९ बजेर ५६ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाको कारण तथा परिस्थितिबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया