बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

बुधवार , आश्विन २१, २०८३

दाङ,२१ असोज – तुलसीपुर उपमहानगरपालिका–०७ गैरापातुमा स्कुल बसको ठक्करबाट घाइते भएका २ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार बिहान करिब १०ः०० बजे तुलसीपुर उपमहानगरपालिका–०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लक्ष्य एकेडेमीको लु.प्र.०२–००१ क ०००४ नम्बरको बसले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट सल्यानको शारदा नगरपालिका–०२ खलङ्गा स्थायी घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–०५ रानीजरुवामा डेरा गरी बस्दै आएका पप्पु नेपालीका अन्दाजी २ वर्षीय छोरा आयन नेपाली घाइते भएका थिए ।

दुर्घटनालगत्तै घाइते आयनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । अस्पतालमा उपचार भइरहेकै क्रममा उनको मृत्यु भएको हो ।

घटनापछि प्रहरीले दुर्घटनामा संलग्न लक्ष्य एकेडेमीको बस र चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया