बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

आइतवार , आश्विन १८, २०८३

नवलपरासी,१८ असोज — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटनामा स्थानीय ५४ वर्षीय चालक ओमबहादुर पल्ली मगरको मृत्यु भएको हो ।  ट्याक्टर चलाइरहेका मगरले नियन्त्रण गुमाएपछि सवारी सडकको बाँया किनारमा रहेको माटोको ढिस्कोमा ठोक्किएको थियो। दुर्घटनापछि मगर सडकमा खसेर गम्भीर घाइते भएका थिए ।

घाइते मगरलाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पु¥याइएको थियो । अस्पताल पु¥याएपछि बिहान ८ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको छ । घटनाको बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दुम्किबासबाट  प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।

प्रतिक्रिया