सिन्धुली, १९८ असोज — सिन्धुलीको कमलामाई नगरपालिका–५, मधुटारस्थित ग्वाङखोलाले बगाउँदा २२ महिनाका एक बालकको मृत्यु भएको छ । शनिबार बिहान करिब ०९ः३० बजे कमलामाई नगरपालिका–५ नयाँबस्तीका उत्तमबहादुर श्रेष्ठका छोरा आरन श्रेष्ठलाई खोलाले बगाएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी आइतवार दिएको छ ।
प्रहरीका अनुसार ग्वाङखोलाको किनार क्षेत्रमा पुगेका बालकलाई खोलाले बगाएपछि अचेत अवस्थामा फेला पारिएको थियो । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याएको थियो ।
अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा बिहान १०ः०० बजे बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया तथा घटनास्थलसम्बन्धी मुचुल्का पूरा गरी बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको जनाएको छ।