शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गौतम परिवारलाई काँग्रेस कमलामाई वडा–३ को आर्थिक सहयोग

शुक्रवार , आश्विन ९, २०८३


सिन्धुली,०९ असोज – रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कमलामाई नगरपालिका–३ चपौलीका हेमप्रसाद गौतमको परिवारलाई नेपाली काँग्रेस कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीले आर्थिक सहयोग गरेको छ । बाढीपछि धार्मिक परम्पराअनुसार काजकिरिया सुरु गरिएको गौतमको परिवारलाई राहतस्वरूप संकलित ६३ हजार ७४५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

नेपाली काँग्रेस कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीका वडा सभापति ओमबहादुर कार्कीको नेतृत्वमा पुगेको काँग्रेस टोलीले परिवारप्रति समवेदना व्यक्त गर्दै उक्त रकम हस्तान्तरण गरेको थियो । विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै काँग्रेसले सहयोग अभियान सञ्चालन गरेको जनाएको छ ।

नेपाली काँग्रेस कमलामाई नगर सचिव तथा चपौलीका स्थानीय बलराम अधिकारीका अनुसार वडा काँग्रेसका क्रियाशील सदस्य तथा जिल्ला तहका नेता तथा कार्यकर्ताबाट संकलन गरिएको रकम परिवारलाई प्रदान गरिएको हो । उनले विपद् र मानवीय सहायताका कार्यमा नेपाली काँग्रेस सधैँ साथमा रहने उल्लेख गर्दै पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका गौतमको परिवारले धार्मिक परम्पराअनुसार काजकिरिया सुरु गरेको अवस्थामा प्राप्त आर्थिक सहयोगले परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया