शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अटो दुर्घटनाः एकको मृत्यु, दुई घाइते

सोमवार , आश्विन ५, २०८३

दैलेख,०५ असोज – दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा भएको अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमवार दिउँसो १२ः१० बजे पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु प्र–०२–००१ ह १६५७ नम्बरको अटो भित्री सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले उद्धार गरी दुर्घटनामा परेका यात्रुलाई उपचारका लागि प्रहरीको सवारी साधनमार्फत दुल्लु अस्पताल, दैलेख पु¥याएको थियो ।

अटोमा चालकसहित तीन जना सवार रहेकोमा दुल्लु नगरपालिका–२ का ७४ वर्षीय राम कामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भैरवी गाउँपालिका–२ निवासी २२ वर्षीय अटो चालक ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ निवासी ६५ वर्षीय गजबहादुर कामी घाइते भएका छन् ।

घाइते दुवै जनाको दुल्लु अस्पताल, दैलेखमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया