सिन्धुली,०९ असोज — चेक अनादर मुद्दामा अदालतबाट जरिवाना फैसला भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पठाएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–३, फिक्कल एग्रो फार्ममा बस्दै आएका ४४ वर्षीय सागर पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पुलामी मगरविरुद्ध सिन्धुली जिल्ला अदालतबाट मिति २०८३ साल जेठ ५ गते (ल.नं. २३२५) चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पुलामी मगरलाई आवश्यक कानुनी प्रक्रियाका लागि सिन्धुली जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजी कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।