काठमाडौं,१२ पुस – नेपाल राष्ट्र बैंकले आज पुस ११ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र विक्रीदर १२० रुपैयाँ ३४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५३ पैसा र विक्रीदर १३६ रुपैयाँ २१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३० पैसा र विक्रीदर १६१ रुपैयाँ १० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ २४ पैसा र विक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५१ पैसा र विक्रीदर ८७ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ४६ पैसा र विक्रीदर ९३ रुपैयाँ ९२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ०७ पैसा र विक्रीदर ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र विक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र विक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८९ पैसा र विक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र विक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र विक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०९ पैसा र विक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र विक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३५ पैसा र विक्रीदर १५ रुपैयाँ ४३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९५ रुपैयाँ ८३ पैसा र विक्रीदर ३९७ रुपैयाँ ८२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ६१ पैसा र विक्रीदर ३१९ रुपैयाँ २० पैसा रहेको छ ।
