शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एसएसपी यादवले किन गरे आत्महत्या ?

शुक्रवार , पौष ९, २०७८

रुपन्देही ०९ पुस - रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव मृत फेला परेका छन् । यादव शुक्रबार दिउँसो आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेलाका हुन। यादव संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत थिए ।

करिब एक महिनापछि २०७८ माघ १५ मा ५५ बर्ष उमेर हदका कारण अवकाश पाउँदै गरेका एसएसपी यादव प्रहरीमा उच्च छबी भएका अधिकारीमा गनिन्थे। उनी डीआईजी बढुवाको प्रमुख दाबेदार समेत रहेका थिए।

पूर्वप्रहरी महानिरीक्षक तथा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानकी भान्जी विवाह गरेका एसएसपी यादवको अन्तराजातीय विवाह हो । यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ। यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ । उता यादवका बुवा–आमा भने घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया