शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु

बिहिवार , श्रावण २८, २०७८

सिन्धुली, २८ साउन – सिन्धुलीमा कोरोना भाईरस संक्रमणका कारण बिहिबार थप एक वृद्धको मृत्यु भएको छ । फिक्कल गाउँपालिका वडा नम्बर ३ का ९४ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार वृद्धमा २३ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो ।

वृद्ध कोरोना संक्रमण पुष्टि भए पछि होम आईसोलेसन रहनुभएको थियो । उहाँको घरमा नै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

 

प्रतिक्रिया