शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मोटरसाइकल दुर्घट्ना हुँदा सिन्धुलीको एकजना घाइते, चालकको मृत्यु

बिहिवार , आषाढ ३, २०७८

बुधबार राति भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीका एकजना घाइते भएका छन् भने चालकको मृत्यु भएको छ । करिब ११ बजेतिर काठमाडौम्बाट भक्तपुर आउदैँ गरेको बा ७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घट्ना हुँदा रमेश कुमार बस्नेतको मृत्यु भएको हो । मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोमा दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय बस्नेतको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा बिहीबार बिहान साढे २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिन्धुलीको तीनपाटनका २५ वर्षीय अमित जैरु घाइते र उदयपुर ताप्लेका २२ वर्षीय लोकेन्द्र मग्राती घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईहेको छ ।

प्रतिक्रिया