शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नि’षेधाज्ञा अ’बज्ञा गर्ने सबारी साधन का’रबाहीमा

सोमवार , जेठ २४, २०७८

सिन्धुली,२४ जेठ – सिन्धुली जिल्लामा कोरोना सं’क्रमण नि’यन्त्रण तथा रो’कथामका लागि जारि गरिएको नि’षेधाज्ञा अ’बज्ञा गर्ने छ वटा सबारी साधन र चालक प्र’हरीको का’रबाहीमा प’रेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नि’षेधाज्ञाको बेला सोमबार बिना पास यात्रु बोकेर बीपी राजमार्ग हुदै पूर्वबाट काठमाडाँै हिडेको कमलामाई नगरपालिका–४ हिरापानी चे’कपा’ेष्टबाट दुई वटा हायस र वडा नं. ६ स्थित माझीटार चे’कपो’ष्टबाट चार वटा सुमो नि’यन्त्रणमा लिई का’रबाही प्र’कृया अघि बढाईएको हो ।

हिरापानी चेकपोष्टबाट बा ४ ख ८०१ र बा ४ ख ४१८८ नम्बरको हायस र चालकलाई नि’यन्त्रणमा लिएको हो । त्यस्तै माझीटार चेकपोष्टबाट ना १ ज ३५२८, ना १ ज ४४६, ना १ ज ५३८९ र ना १ ज ७२२९ नम्बरको सुमो र चालकलाई नि’यन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

छ वटै सबारी साधन र चालकलाई को’भिड १९ सं’कट व्यवस्थापन अ’ध्यादेश २०७८ परिच्छेद ५ को दफा २१(१) को देहाय (क) बमोजिम का’रबाहीका लागि जिल्ला प्र’शासन कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया