शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

चितवनमा ईभी कारको ठक्करबाट महिलाको मृत्यु, दुई पैदलयात्री घाइते

शुक्रवार , कार्तिक २७, २०८३

चितवन,२७ कात्तिक– चितवनको भरतपुर महानगरपालिका–१६ स्थित फुर्तीचोकमा विद्युतीय (ईभी) कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना पैदलयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार बिहान ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीहरूलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले बिहान ९ बजेर ५४ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन् । उनीहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनापछि प्रहरीले कारसहित चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया