शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पे ट्रोल–डिजेलको मूल्य फेरि ब ढ्यो

शनिवार , जेठ २२, २०७८

काठमाडौं, २२ जेठ - नेपाल आयल निगमले शनिबार राति १२ बजेपछि ला गू हुने गरी पे ट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आ न्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृ द्धि गरेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इ न्धनको ८० रुपैयाँ पर्नेछ ।

पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पे ट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इ न्धनको ७८ रुपैयाँ कायम गरिएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पे ट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँ समा २५८ रुपैयाँ ४६ पैसा घा टा रहेको निगमको भनाइ छ ।

निरन्तर ब ढीरहेको क च्चा ते लको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अ वमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पे ट्रोलियम प दार्थको मूल्य समायोजन ग रिरहनु पर्ने बा ध्यता आउन सक्ने निगमका प्र वक्ता वि नितमणि उपाध्यायले जनाएका छन् ।

प्रतिक्रिया