काठमाडौ, ११ मंसिर - गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेकी श्रीमतीलाई प्रहरीले प क्रा उ गरेको छ । राजीवको श्रीमति दिक्षेन लामालाई मुर्ती चो रेको आ रो पमा प्र हरीले प क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले लामालाई प क्राउ गरेको पु ष्टि गरेका छन् । लामालाई जिल्ला अदालत कास्कीको प क्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्र हरीले प क्राउ गरेको हो । मंगलवार मकवानपुर प्रहरीले प क्राउ गरी लामालाई कास्की पठाइएको प्रहरीले जनाएको छ ।
लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चो रेको आ रोप लागेको छ । जिल्ला अदालत कास्कीमा चो री स म्बन्धी मु द्दा द र्ता भए पछि प्रहरीले प क्राउ गरेको हो । सोहि मु द्दामा जिल्ला अदालत कास्कीले लामालाई प क्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट प क्राउ गरी कास्की पठाइएको हो ।
स्रोतका अनुसार सांसद मनाङ्गेले नै लामालाई मुर्ति राख्न दिएको बयान प्रहरीलाई दिएकी छन् । श्रीमतीकै बयानको आधारमा मनाङ्गे पनि ता निने संभावना देखिएको छ । तर मनाङ्गेले भने सामाजिक संजाल फेसबुकमा आफ्नो प्रतिक्रिया दिदै भनेका छन् ‘ऊ ब दमास हो,’ उनले भने, ‘मैले नै प्रहरीलाई भनेर प क्रन लगाएको हो।’ डेढ महिनादेखि हराइरहेको र पछि माइती हेटौंडाको पदमपोखरी बसेकी छन् भन्ने पत्ता लगाएर आफूले नै प्रहरीलाई खबर गरी प क्रन भनेको उनले सुनाए।
‘मेरो श्रीमती हो भनेर उ म्कन दिनुहुन्न,’ सांसद गुरुङले भने, ‘ब दमासी गर्नेलाई स ख्त का रबाही गर्नुपर्छ, नेताको श्रीमती हो, छोराछोरी हो, दाजुभाइ हो, आफन्त हो भनेर कसैलाई पनि छो ड्न हुन्न।’
दाहाल – नेपालको दह्रो तयारी, ओलीका दु तको दौडधुप
वि वाद आ रोप प्र त्या रोप हुदै केही मु डभेट सम्म पु गेको सत्तारुढ दलको आ न्तरिक क लह झ न्झन् फै लिदै गैरहेको छ । कुनै अ प्रत्याशित घ टना नभए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक १३ मंसिरमा बस्नेछ । दश दिनका लागि स्थगित भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि छलफल हुने वा संयुक्त दस्तावेज बन्ने निश्चित छैन । तर, ओलीले एउटै प्रस्ताव हुनुपर्ने बताइरहँदा प्रचण्डले दस्तावेज फि र्ता लिन मानेका छैनन् ।
दश दिनभित्र सहमतिको प्रयास भएपनि बन्न सकेको छैन । अब तीन दिन समय बाँकी छ । यसबीच पनि सहमति ब नेन भने सचिवालय बैठक सार्ने या दुवै दस्तावेजमाथि छलफल गरी टुंगोमा पुग्ने बाहेक विकल्प छैन । फरक दस्तावेजमाथि छलफल भई टुं गोमा पुग्दा जसको दस्तावेजमा बहुमत हुन्छ त्यसकै जीत हुन्छ । आ रोप प्रत्यारोपको दुई दस्तावेजमा ओलीको दस्तावेजमा ब हुमत जुटेमा प्रचण्डको हा र हुन्छ । यस्तो बेला उनले अध्यक्षबाट राजीनामा दिनुपर्ने नै तिक द बाब पर्न सक्छ । ओलीको दस्तावेज अ ल्पमतमा परेर हा र भएमा उनले प्रधानमन्त्रीबाट रा जीनामा दिनुपर्ने द बाब पर्न सक्छ । त्यसैले अवस्था निकै ज टिल बन्दै गएको छ ।
सहमति बनाउन ओलीले विश्वासपात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डनिवास खुमलटार पठाएको पठायै छन् । ज्ञवालीले मङ्गलबार विहानै प्रचण्डसँग भेटेर सहमतिको बिन्दुबारे कुराकानी गरे । तर, कुनै निष्कर्ष निस्किएन ।
नेकपाभित्र अबको सचिवालय बैठकका लागि ओली, प्रचण्ड, माधव नेपालको आ आफ्नो तयारी छ । ओलीले विश्वासपात्रहरुसँग भेटेर वि कल्पसहित छलफल गरिसकेका छन् । उनले शनिबार काँग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर त रंग ल्याइदिइसकेका छन् । देउवासँग सत्ता समिकरणका लागि छलफल गरेको विषयले प्रचण्ड र नेपाललाई झ स्काएको छ ।
प्रचण्ड र माधव नेपालले आन्तरिक तयारीका लागि भे टघाट तिव्र पारेका छन् । उनले नेकपा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसँग संयुक्त भेटघाट गरे । भेटमा भावी रणनीतिबारे कुराकानी भएको बुझिएको छ । खनाल र गौतमले अब कसरी बढ्ने भन्नेबारे गम्भीर छलफल गरेका थिए ।
हिजो साँझ वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले साँझ छलफल गरे । उक्त भेटमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । नेपालले टसमस नभई अगाडि बढ्नेबारे कुराकानी गरेको बुझिएको छ । उनले पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर जानुपर्ने लाइन स्पष्ट पारेका थिए ।
ओलीविरुद्ध प्रचण्ड भन्दा माधव नेपाल बढी आ क्रामक
नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्र चण्डबीचको यसपटकको वि वाद कहाँ पुगेर पूर्णविराम लाग्ने हो ? तर, दुई अध्यक्षबीचको वि वादमा नेकपाभित्रका अन्य खेलाडीहरु सतहमै देखिनथालेका छन् ।
सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव प्रस्तुत गरेर एक अर्काविरुद्ध आ रोप प्र त्यारोप शुरु गरेका ओली र प्रचण्ड सत्ता सं घर्षमा रहेको खुल्दै गएको छ । ओलीले सार्वजनिक रुपमा सरकारवि रुद्ध चलखेल भएको बताइसकेका छन् । साथै आफूले कुनै हालतमा रा जीनामा नदिने प्रष्ट पारेका छन् । प्रचण्डले भने ओलीलाई स त्ताबाट ह टाउन खोजिरहेका छन् ।
ओलीलाई ह टाउन खोजेका प्रचण्डले सार्वजनिक रुपमा यस प्रकारको कुनै अ भिव्यक्ति दिएका छैनन् । उनी यसपटक निकै कम बोलेर सक्रियता बढाइरहेका छन् । तर, पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपाल र उनका विश्वासपात्रहरु कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।
पूर्व एमालेका रुपमा परिचित नेपाल समूहले ओलीलाई पार्टीलाई बे वास्ता गरी म नोमानी तरिकाले चलेको भनी आ लोचना गर्दै आएका छन् । नेकपा बैठकमा ओली र नेपालबीच ध म्कीको भाषा समेत प्रयोग भएको खुलासा भइसकेको छ । जसलाई ओलीले आफूले बैठकमा राखेको भनाईका रुपमा बाहिर खुलाइसकेका छन् । पार्टी बैठकमा नेपालले ओलीलाई ‘ध म्की दिने ?’ भनी प्रश्न समेत गरेका थिए ।
नेपालले हालै एक अन्तवार्तामा अध्यक्ष प्रचण्डले पटक पटक आग्रह गर्दा पनि बैठक बोलाउन तयार नभएको र सर्वेसर्वा हुन खोजेको आ रोप लगाएका छन् । उनले भनेका छन्, उहाँमा अ हंकार छ । ओलीले अरुको कुनै महत्व नदिने गरेको र पार्टीभित्रको छलफलमा वि श्वास नगर्ने स्वभाव भएको आ रोप लगाए । नेपालले ओलीलाई महाराजको शैली देखाएको आरोप समेत लगाए । पार्टीभित्रको मुख्य जड नै ओली भएको उनको टिप्पणी थियो ।
नेपाल पछिल्लो समय ओलीसँग निकै चि ढिएका छन् । उनले दुईपटक ओलीलाई सत्ताबाट ह टाउने प्रयासमा मुख्य भूमिका खेलेका थिए । पहिलोपटक प्रचण्ड आफै पछि हटे । दोस्रो पटक पनि सहमतिमा प्रचण्डले टुंग्याए । यसो हुनुमा वामदेवको भूमिका पनि कारण थियो । तर, माधव नेपाल ओलीविरुद्ध चट्टान झै अडिए ।
ओलीले पूर्व एमालेको साइनो लगाएर नेपालसँग राजनीतिक लेनदेन गर्ने प्रयास गरेका थिए । तृतीय अध्यक्ष देखि भविष्यमा पार्टी नेतृत्वका लागि साथ दिने सम्मको प्रस्ताव राखेको बुझिएको छ । तर, माधव नेपाल मानेनन् । ओलीविरुद्ध नेपाल यसरी प्रस्तुत हुनुमा उनलाई प्रधानमन्त्री बन्न सक्ने मौका पनि कारण देखिएको छ । ओली र प्रचण्डबीचको टकरावमा नेपालको शक्ति बढेको छ । उनको प्रधानमन्त्री बन्ने सम्भावना पनि बढेको छ ।
ओली कमजोर भइहालेमा पूर्व एमालेको समूहले आफूलाई नै समर्थन गर्ने बुझाई नेपालको हुनसक्ने विश्लेषण भइरहेको छ । अर्कोतर्फ, ओलीसँग निकै चिढिएका प्रचण्डले पनि माधव नेपाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तमा भएपनि अहिलेको जेहाद छेडेको चर्चा छ । आफूलाई विगतमा निकै पेलेको, कुनै महत्व नदिएको र उल्टै अप्ठ्यारोमा पारेको पीडा सम्झेर नेपाल ओलीविरुद्ध अर्जुनदृष्टि लगाएर सक्रिय छन् ।
नेकपाको विवाद एक अर्काप्रती कार्यकर्ता उतार्ने सम्मका काम
काठमाडौँ ,- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वि वाद समाधान हुनु त कता झन एक अर्काप्रती कार्यकर्ता उतार्ने सम्मका काम भएको छ। गत मङ्सिर ३ गतेको सचिवालय बैठकपछि नेताहरूको गुटगत भेला पातलिएको छ। विवाद समाधान गर्ने सूत्रको खोजीमा नेताहरूको दौडधुप भने जारी छ।
कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव राखेपछि नेकपामा त रंग पैदा भयो। ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रस्तावलाई आरोपत्रको संज्ञा दिएका छन्। उनले त्यसलाई स्वीकारेर जान नसक्ने भन्दै लिखित जवाफ दिने बताएका छन्। उनले जवाफका लागि दस दिनको समय माग गरेका थिए।
१३ गतेको सचिवालय बैठकमा ओलीले काउन्टर प्रस्ताव ल्याउने त यारीमा छन्। अहिले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष ‘प्र चण्ड’ले लगाएका आरोपको खण्डन सहितको दस्तावेज पेस गर्ने तयारी थालेका छन्। ओलीको बचाउ तथा प्रत्यारोपको फेहरिस्त बनाउन लागिपरेको यस खेमाले अर्का अध्यक्ष प्रचण्डले नै राजीनामा दिनुपर्ने विषयसमेत समावेश गर्दैछ।
यता ओली पक्षीय केही नेताहरुले अध्यक्षद्वयबाट आउने फरक फरक दस्तावेजले एकले अर्कालाई आरोपित गर्ने र अन्ततः पार्टी विभाजनको तहमा पुग्ने भएकोले फरक-फरक प्रतिवेदन भन्दा पनि संयुक्त दस्ताबेज ल्याउनु पर्नेमा जोड दिएका छन्। नेकपाका महासचिव विष्णु पौडेलले प्रचण्डले प्रस्ताव फिर्ता लिनु पर्ने र पार्टी एकता रक्षाका लागि दुई अध्यक्षले संवाद गरेर संयुक्त प्रतिवेदन ल्याउनुको विकल्प नरहेको बताएका थिए। तर सहमतिको साझा दस्तावेज ल्याउने सम्भावना भने क्षीण देखिएको छ।
प्रधानमन्त्री ओलीका केही सहयोगी अहिले प्रचण्डको प्रतिवेदनमा लगाइएका आ रोपको ख ण्डन गर्ने र प्र त्यारोपको फेहरिस्त बनाउन व्यस्त छन्। ओली खेमा प्रचण्डसँग कुनै सम्झौता नगर्ने, बरू झन् आक्रमक बनेर वार कि पारको लडाइँमा उत्रिने तयारीमा देखिन्छ। कात्तिक २८ को सचिवालय बैठकमा दाहालले ओली पार्टी र सरकार सञ्चालनमा अफसल भएकोदेखि सरकार नै भ्रष्टचारमा लिप्त भएको आरोप सहितको दस्तावेज सचिवालयमा प्रस्तुत गरेका थिए।
सचिवालयका बहुमत सदस्यको साझा धारणा भन्दै अघि सारिएको यस दस्तावेजबारे मंसिर ३ को सचिवालय बैठकमा छलफल हुने भनिएको थियो। तर दाहालले आफूमाथि लगाएका आरोपको जवाफ दिन १० दिनको समय लिएका ओली प्रत्युत्तर दिने मात्र हैन, दाहालकै राजीनामा माग्नेसम्मको तयारीमा लागेका छन्। आरोप पुष्टि भए आफू प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन तयार रहेको, नभए प्रचण्डले नै आ त्मालोचनासहित तत्काल राजीनामा दिनुपर्ने प्रस्तावलाई ओलीले आफ्नो जवाफमा समेट्ने भएका हुन्।
ओली खेमाले माओवादी लडाकु शिविर घो टाला प्रकरणदेखि विवादित व्यापारीहरूसँगको सम्बन्धसम्मका विषय उठाउने तयारी गरेको छ। शंकर पोखरेल लगायत ओलीनिकट केही नेताले प्रचण्डलाई मनाएर साझा प्रस्ताव सचिवालयमा प्रस्तुत गर्नुपर्ने आवाज उठाए पनि त्यो सम्भावना निकै क्षीण देखिएको छ। प्रचण्डले ओलीमाथि लगाएको आ रोपको छि नोफानो नगरी सँगै जान नसकिने अ डान ओली खेमाको छ।
अल्पमतमा रहेर पनि पार्टीभित्रको गुट व्यवस्थापन गरी लाभ लिँदै आएका ओलीलाई यस पटकको संघर्ष सहज भने छैन। किनभने पार्टी स्थायी र केन्द्रीय समिति बैठक समेत तय भएका कारण ओलीलाई न बैठकबाट भाग्ने ठाउँ छ, न त बहुमत जुटाउन नै सहज छ। तर पार्टी फुट्ने नै अवस्था आए कुन नेता वा समूह कतातिर लाग्छ, अहिले नै भन्न कठिन छ।
मुलत ओली समुहले प्रचण्ड विरुद्ध फकाएर या थर्काएर प्रतिवेदन फिर्ता लिन लगाउने यदी भएन भने बिभिन्न आ रोप मा अख्तियार देखी अदालत सम्मको उपयोग गर्ने मानसिकता बनाएको बुझिन्छ । यद्यपि यो ओली अस्त्र प्रचण्डको लागी कति कामयावी होला भबिस्यले बताउने छ ।
कांग्रेस–ओली सहकार्य : हल्ला कि यथार्थ ?
काठमाण्डौ, -सत्तारुढ दल नेकपा फुट्ने, नेताहरुबीच वि वाद उत्कर्षमा, मिलनविन्दु भेटिएन भन्ने जस्ता च र्चा भएको धेरै भयो । यतिबेला त नेकपा फु ट्छ र स त्ता समिकरण पनि फे रबदल हुन्छ भन्ने चर्चा चुलिएको छ । पार्टीभित्रको वि वाद जटिल अवस्थामा पुगेका बेला प्रधानमन्त्री ओलीले शनिबार कांग्रेस सभापतिलाई सरकारमा सहभागि हुन आग्रह गरेको अर्को चर्चा सुरु भएको छ । पार्टी फु ट्ने निश्चित भएरै ओलीले कांग्रेसको साथ खोजेका हुन् त भन्ने प्रश्न उब्जिएको छ ।
सत्तारुढ दल नेकपा फु ट्ने, नेताहरुबीच वि वाद उ त्कर्षमा, मिलनविन्दु भेटिएन भन्ने जस्ता चर्चा भएको धेरै भयो । तर अहिले भने अवस्था निकै अ प्ठ्यारो देखिन्छ । सत्ताधारी दल नेकपा वि भाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेको भनिएको छ ।
शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेको कतिपयको दा वी छ । तर यो दावी अहिलेसम्म पुष्टी भइसकेको छैन । यद्यपी नेकपाभित्रको वि वादको अवस्था हेर्दा ओलीले कांग्रेसको साथ खोज्नैपर्ने बेला आएको हो कि जस्तो देखिन्छ । ओलीको प्रस्तावलाई देउवाले कुन रुपमा लिए वा के जवाफ दिए भन्ने पनि स्पष्ट भइसकेको छैन ।
तर ओलीले देउवालाई सरकारमा सहभागि भएर आफूलाई जो गाइदिन आग्रह गरेको हल्ला चलेसँगै नेपाली कांग्रेसका नेताहरुले प्रतिक्रिया दिन थालेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस सरकारमा न जादे दावी गरेका छन् । पाँच बर्षसम्म प्रतिपक्षीमा बस्न जनताले दिएको म्यान्डेड अनुसार आफुहरु बि पक्षीकै भूमिकामा रहने सिंहको भनाई छ । उनले नेकपाभित्रको वि वादमा कांग्रेसका कुनै सरोकार नभएको भन्दै नयाँ सरकार गठनको हल्लामा कांग्रेसलाई नजोड्न समेत आग्रह गरेका छन् ।
नेता सिंहले मात्रै होइन, अन्य नेताहरुले पनि कांग्रेसमा नेकपाको वि वाद समाधानको माध्यम बन्न नहुने बताइरहेका छन् । सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टी सभापति देउवा प्रधानमन्त्री ओली बिच भएको भेटघाटमा सत्ता साझेदारीको बिषयमा छलफल नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकता समेत नरहेको प्रष्ट्याएका हुन् ।
ओली र देउवा भेट भएकै दिन प्रवक्ता विश्वप्रकाश शर्माले पनि कांग्रेस पाँच वर्ष सरकारमा सहभागी नहुने दाबी गरेका छन् । शनिवार नै टुइटरमार्फत धारणा सार्वजनिक गर्दै शर्माले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न सुझाव दिएका थिए ।
नेकपाकै नेताहरुले पनि ओलीले सरकारमा कांग्रेसको साथ खोजेको भन्ने कुरा गलत भएको दावी गरेका छन् । ओली निकट नेकपाका नेता कृपासुर शेर्पाले प्रतिपक्ष दलका नेतालाई भेट्न स्वभाविक भएपनी पार्टी नै अलग गरेर प्रतिपक्ष दलसँग मिलेर सरकार चलाऊछु भन्ने कुरामा सत्यता नभएको बताए ।
आफुलाई अफ्ठेरो परेपछी अन्य नेताहरुलाई विभिन्न प्रलोभन देखाएर आफ्नो पक्षमा पार्न खोज्नु ओलीको पुरानै प्रवृत्ति हो । विगतमा आफ्नै दलका नेताहरुलाई फकाउने गरेको ओलीले यसपटक प्रतिपक्ष दलकै साहारा खोजेपछि तरंग सृजना भएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै उनले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको आरोप लगाए । ओलीले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए ।
देशको प्रगति हेरेर तर्सिएका केहीकेही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चि न्ता रहेको उनको भनाई थियो । सरकार नढल्ने प्रष्ट पार्दै ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउछ र लोकप्रियता बड्छ भनेर उनीहरु आ त्तिएको दाबी गरे ।
ओलीको मुड सं कटकाल तिर
सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी ओलीले सं कटकाल घो षणा गर्ने हुन् कि भन्ने चर्चा चल्न थालेको छ । तर संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले चाहेर पनि सं कटकाल ल गाउनसक्ने अ वस्था देखिदैन ।
नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सं कटकाल घोषणा गर्न सक्छन् । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पछिल्लो समय भइरहेको निरन्तरको भेटघाटले सं कटकाल घोषणा गर्न लागिएको हो कि भन्ने आशंकामा बल पुर्याएको छ । अझ सरकारले केही समयअघि पार्टी फु टाउन मिल्ने गरी राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेश राष्ट्रपतिबाट केही घन्टाभित्रै जारी भएपछि प्रधानमन्त्रीलाई जस्तोसुकै अवस्थामा राष्ट्रपतिले साथ दिने अ नुमान गर्न सकिन्छ ।
संविधानमा भएको व्यवस्थाअनुसार अहिले प्रधानमन्त्रीले चाहेर मात्रै सं कटकाल घोषणा गर्न सम्भव देखिदैन । संविधानको धारा २७३ मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अ खण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आ क्रमण, सश स्त्र वि द्रोह, चरम आर्थिक विश्रृंखलता, प्राकृतिक वि पद् वा म हा मारीका कारणले गम्भीर सं कट भएमा राष्ट्रपतिले सं कटकाल लगाउन सक्ने व्यवस्था गरेको छ । सं कटकाल लगाएर संसद विघटन गर्ने व्यवस्था संविधानमा छैन ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले संकटकाल लगाएरमात्र हुन्न त्यसलाई एक महिनाभित्र दुवै सदनको दुई तिहाइ बहुमतले अनुमोदन गराउनु पर्छ । पार्टीभित्रै अ ल्पमतमा रहेका प्रधानमन्त्री ओलीलाई संसदमा त्यस्तो सं कटकाल अनुमोदन गर्न दुई तिहाइ आवश्यक हुन्छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले सं कटकाल लगाउन असम्भव जस्तै देखिन्छ । सं कटकाल लगाउने सम्भावना नरहेका बेला ओलीले अरु जुनसुकै कदम चाल्नसक्ने अ नुमान गरिएको छ । पार्टीभित्र सचिवालाय, स्थायी कमिटी र केन्द्रिय समितिमा ओली अ ल्पमतमा छन् । त्यसैगरी संसदीय दलमा पनि ओली अ ल्पमतमै छन् ।
जसले गर्दा ओलीले आफ्नो पद सु रक्षित गर्नका लागि जो खिमपूर्ण कदम चाल्नुपर्ने हुन्छ । सं कटकालको सम्भावना क मजोर भएकाले ओलीले दल वि भाजन सहज बनाउने अ ध्यादेश ल्याएर नेकपा फु टाउने शंका पनि छ । पार्टी विभाजन भएको खण्डमा ओलीले प्रमुख प्र तिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो पक्षमा साथ दिन तयारी अवस्थामा राखेको अनुमान पनि गरिएको छ । नेकपा फु ट्यो भने संविधानको धारा १ सयको उपधारा २ बमोजिम प्रधानमन्त्रीले आफूसँग विश्वासको मत छ भनेर सं सदमा प्रमाणित गर्नुपर्छ ।
जसका लागि हाल कायम रहेको सदस्य संख्याको ब हुमतले ओलीलाई समर्थन गर्नुपर्छ । हाल प्रतिनिधिसभामा २७० जना सदस्य छन् । जसमा नेकपाका १ सय ७४ जना सांसद छन् । पार्टी विभाजन भएमा ओली पक्षमा कति सांसद रहन्छन् त्यो यकिन छैन । बरु यही धारा अन्तर्गत प्रधानमन्त्रीवि रुद्ध अ विश्वासको प्रस्ताव पेश हुन सक्ने सम्भावना पनि छ । त्यसका लागि भावी प्रधानमन्त्रीको नाम पनि अ विश्वासको प्रस्तावसँगै संसदमा पुग्नुपर्छ । जुन सहज छैन । तर वि पक्षी दल कांग्रेस र जसपालाई विश्वासमा लिन सकेमा ओलीले अविश्वासको प्रस्तावलाई प राजित गर्न सक्नेछन् ।
राजनितिक डट कम बाट साभार