शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अमेरिका राष्ट्रपति निर्वाचनः ट्रम्पमाथि बाइडेनको ८ अंकको अग्रता !

आइतवार , कार्तिक ९, २०७७

काठमाडौं, ९ कार्तिक- अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान मिति जतिजति नजिकिँदै छ, उति उति राष्ट्रपति पदका प्र त्याशीका धड्कन बढ्दैछ ।

सीधा प्रतिष्पर्धामा रहेका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेन अन्तिम चुनावी प्रचारमा जुट्दा प्रतिष्पर्धाको दूरी पनि छोट्टिँदो छ ।

निर्वाचन पूर्वका मत सर्भेक्षणहरुमा शुरुदेखि नै ट्रम्पमाथि दोहोरो अंकको अग्रता लिइरहनु भएका डेमोक्रेट प्रत्याशी बाइडेनले मतदानका लागि १० दिन बाँकी छँदा ८ अंकको अग्रता कायमै राख्नुभएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार कोरोना महाब्याधीलाई सही ढंगबाट व्यवस्थापन गर्न नसक्नुको मूल्य राष्ट्रपति ट्रम्पले निर्वाचनमा चुकाउनुपर्ने अवस्था आउने छ ।

यद्यपि, दुबै प्रत्याशी मतदान अगाडीको यस समयमा निकै प्रभाव पार्न सक्ने स्वीङ स्टेटहरुको चुनावी भ्रमणको दौडाहामा छन् ।

अमेरिकामा लोकप्रिय मतमा जितेर मात्र पनि पुग्दैन । त्यहाँको चुनावी व्यवस्था अनुसार सबै राज्यहरुबाट आउने इलेक्टोरल भोटमा विजय पाउनुपर्ने हुन्छ ।

यसअघि सन् २०१६ मा डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले लोकप्रिय मत जितेर पनि इलेक्टोरल मत जम्मा गर्न नसक्दा परिणाम गुमाउनु परेको थियो ।

चार वर्षअघि आफ्नो पोल्टामा पारेको केही राज्यबाट यस पटक ट्रम्पले इलेक्टोरल मतहरु गुमाउने आंकलन मत सर्भेक्षणहरुले गरेका छन् ।

संघर्षको मैदान मानिएका दर्जन राज्य दुबै उम्मेदवारको निशानामा छन् । मुख्य गरी मिसिगन, विस्कनसिन, पेन्सिलभानिया, फ्लोरिडा, ओहायो, नर्थ क्यारोलिना, एरिजोना जस्ता राज्यका मतदाताको निर्णय सँधै नै निर्णायक मानिने गरेको छ ।

यस पटक अघिल्ला निर्वाचनहरुको तुलनामा अग्रिम मतदान नै पनि निकै भइसकेको छ । मतदानको आधिकारीक शुरुवात पूर्व नै साढे पाँच करोड मत खसिसकेको बताइएको छ ।

चुनावी प्रचारका क्रममा शुक्रबार फ्लोरिडा पुग्नुभएका राष्ट्रपति ट्रम्पले त्यही आफ्नो रिसोर्ट रहेको स्थान मत खसालिसक्नु भएको छ । गत वर्षमात्र न्यूयोर्कबाट फ्लोरिडामा आफ्नो स्थायी ठेगाना सार्नुभएका ट्रम्पले शनिबार मत हाल्नु भएको हो ।

साढे ८० लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित तथा २ लाख २० हजार व्यक्तिको मृत्यु भएको पृष्ठभूमिमा भइरहेको यस निर्वाचनको परिणाम कस्को पोल्टामा पुग्नेछ भन्ने जान्न भने दुई साता प्रतीक्षा गर्नुपर्नेछ ।

अमेरिकाको नतिजा के आउला ?

काठमाडौँ, ८ कार्तिक – सन् १७७६ मा बेलायतबाट स्वतन्त्रता पाएको अमेरिका पूर्ण संघीय शासन भएको मुलुक हो । विश्वको पहिलो लिखित संविधान सन् १७८९ मा बनाएको अमेरिकामा व्यक्तिगत स्वतन्त्रतालाई विशेष महत्व दिइन्छ ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै त्यहाँको सर्वाधिक श क्तिशाली पद हो । चार वर्षका लागि चुनिने राष्ट्रपतिले संविधानअनुसार बढीमा दुई कार्यकाल चलाउन पाउँछन् । दोस्रो वि श्व यु द्धभन्दा अघि राष्ट्रपति फ्रयांकलिन डि.रुजबेल्ट भने लगभग चार कार्यकाल नै पदमा रहेका थिए । उनले सन् १९३३ को निर्वाचनमा अ त्यधिक मत ल्याएका थिए भने सन् १९४५ सम्म रहिरहे । उनैको प्रत्यक्ष सहभागिता र पहलकदमीमा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासको मूल प्रस्तावनासहित २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको जन्म भएको हो । संयुक्त राष्ट्रसंघका पाँच स्थायी मुलुकमध्ये एक रहेको अमेरिकामै संयुक्त राष्ट्रसंघको मुख्यालयसमेत छ ।

गत निर्वाचनमा बाराक ओवामा दुई कार्यकाल राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१६ देखि रिपब्लिनकन पार्टीबाट ध नाढ्य डोनाल्ड ट्रम्प त्यहा कार्यरत छन् । यसै वर्ष अर्को निर्वाचन हुँदैछ । सात समुद्रपारिको देश नेपालमा समेत त्यसको अनेक कोण, पक्ष र विषयबाट चर्चा हुने गरेको छ । दुईदलीय प्रणालीजस्तै देखिएको अमेरिकामा अन्य दलले समेत निर्वाचनमा भाग लिन्छन् । क्षेत्रीय स्तरमा विभिन्न साना दल अस्तित्वमा भए पनि मूल रुपमा डेमोक्रेटिक र रिपब्लिकन नै एक अर्काका प्रतिस्पर्धी हुन् । सन् २०२० को निर्वाचनमा रिपब्लिकनबाट राष्ट्रपति ट्रम्प नै प्रतिस्पर्धामा छन् भने डेमोक्रेटिकको तर्फबाट पूर्वउपराष्ट्रपति जोइ बाइडेन आमने–सामने छन् ।

यसअघि ट्रम्प क ट्टर एवं उग्र राष्ट्रवादी नारा उछालेर निर्वाचनमा जित्न सफल बनेका थिए । तत्कालीन समय निकै प्रभावशाली मानिएकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हिलारी थोरै इलोक्टोरल मतले हारेका थिइन् । आप्रवासी र विदेशी कामदारप्रति निकै क डा रुपमा प्रस्तुत भएका ट्रम्प मुस्लिमप्रति पनि रु खो र आ क्रामक थिए । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने मूल नारा अघि सारेका ट्रम्पले अमेरिका छिर्ने विदेशीलाई रोक लगाउन छिमेकी मेक्सिकोमा पर्खाल नै लगाउने भनेका थिए । तर, हालसम्म त्यसको थालनी हुन सकेको छैन । अफ्रिकी–अमेरिकन काला जातिप्रति अति कडा नीति लिएका ट्रम्पको शासनकालमै हजारौंले ज्यान गुमाएको बाइडेनले प्रेसिडेन्टल डिबेट (विवाद) मा सवाल उठाएका छन् । काला जातिकै फ्योएड नामका व्यक्तिलाई प्रहरीेले घाँटी थिचेर मा रेको घटनाले अमेरिकामा मात्र होइन, विश्वभर चर्चा र आलोलना भएको थियो ।

बजारमा सहजै ब न्दुक किन्न पाइने प्रजातान्त्रिक र मानवअधिकारको बढी वकालत गर्ने अमेरिकामा आज पनि ३१ राज्यमा मृ त्युदण्ड दिने कानुनी व्यवस्था छ । जातीय हिं सा, लु टपाट, ह त्या, चो री, ब ला त्का र, वि भेदजस्ता आपराधिक र सामाजिक समस्याले ग्रस्त अमेरिकामा हालैको कोरोना महामारीले अर्थतन्त्र ध्वस्तप्राय बनेको भन्ने गरिन्छ । स्वयं राष्ट्रपतिलाई नै कोरोना लागेको छ । कोरोनाको महामारी पनि निर्वाचनको प्रमुख मु द्दा बन्दै आएको छ । विश्वमा कोरोनाको संख्या पनि अमेरिकामै सबैभन्दा बढी छ ।

राष्ट्रपति ट्रम्पलाई गत निर्वाचनमा जस्तो सहज स्थित देखिन्न, उनका कतिपय वाचा पूरा भएका छैनन् । कोरोनाका कारण लगभग ३ करोडले रोजगारी गुमाइसकेका छन् । अमेरिकामा कतिपय नेपाली संगठनले खुला रूपमै बाइडेनको पक्षमा चुनावी प्रचार गर्न थालिसकेका छन् । हालैको दशकमा डिभी, पर्यटन तथा अन्य भिसाबाट नेपालीहरू उल्लेख्य संख्यामा अमेरिका पुगिसकेका छन् र पुग्दै छन् । राम्रो कमाइ हुने, स्वतन्त्रता, सुरक्षा तथा समृद्धिको तीव्र चाहनाले विश्वबाट अमेरिकाको बाटो रोज्ने मानिसको संख्या करोडौं छ ।

निर्वाचनको अनेक पक्षबाट विश्लेषण गर्न सकिन्छ । फलानो दल र फलानो उम्मेदवार विजयी भए हुने थियो भन्ने खालको कामना र चाहना गर्न सकिन्छ तर खासमा चुनावको दिनसम्म आउने राजनीतिक मुद्दा, मत जाहेर गर्ने मतदाता वा अमेरिकी नागरिकको मूल प्रवृत्ति र छनोट कता पर्छ त्यसैले कुन दल विजयी होला भन्न सकिन्छ । चुनावअघिका सबै अनुमान विगतमा कर्कलाको पानीजस्तै भएका थिए । तर, यसपालि पुन ः ट्रम्पले जित्न सक्ने थोरैलाई मात्र विश्वास रहेको देखिन्छ । अमेरिकी निर्वाचनले विश्व राजनीति निरन्तर तात्दै गएको छ ।

जन आस्थाबाट साभार

 

प्रतिक्रिया