बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका नागरिकको चेतना बढाऔँ

मंगलवार , भाद्र ३०, २०७७

सिन्धुलीमा कोरोना भा इरस (कोभिड–१९) को सन्दर्भमा नागरिकस्तरमा अत्यन्तै कम चेतना रहेको पाईन्छ । कोरोना भा इरसको बारेमा जानकारी नहुँदा स्थानिय त्रसित भएको अवस्था छ । कोरोना लागिहाले मान्छेको मृत्यु भइहाल्ने सोच स्थानियस्तरमा छ । मान्छेमा ड र हुनु स्वभाविक हो । यसले कोरोना भा इरसको नि यन्त्रण र रोकथामकालागि भुमिका खेल्छ । तर, अनावश्यक ड र र भ्र मले समाजमा न का रा त्मक असर पर्दछ । कोरोनाका कारण स्थानिय स्तरमा मानसिक त नाब बढिरहेको अवस्था छ । तसर्थ, यी सबै अवस्थाका बारेमा स्थानिय तह जानकार हुनुपर्दछ र चेतना अभिवृद्धिमा लाग्न जरुरी छ ।

जिल्लामा कोरोनाका लक्षणहरु देखिदासम्म पनि नागरिक घरमै ड राएर बसिरहेका छन् । क्वरोन्टिनको हालत ख राब भएको भन्ने भ ्रम फैलिदा यो समस्या देखिएको छ । क्वारेन्टिनमा बसेर घर फर्किएकाले पनि खाना र बासको व्यवस्थापन क मजोर भएको प्रतिक्रिया जनाएपछि स्थानिय स्तरमा ल क्षण देखिदा समेत पनि घरमै बसेको अवस्था छ । कसरी सा वधानि अपनाउने भन्ने चेतना नहुँदा भ्रमपुर्ण सूचनाको दलदलमा सर्वसाधरण फसेका छन् । यस्ले गर्दा समाजमा नकारात्मक असरहरु परिरहेको छ । तसर्थ, कोरोनाका बारेमा फैलिएको भ्र मपूर्ण सूचना सर्वसाधरणको दि मागबाट हटाउन स्थानिय तह लगायत जिम्मेवार निकायले भुमिका खेल्न जरुरी छ । अतः स्थानिय स्तरमा चेतना अभिवृद्धि गर्न सरोकारवाला निकाय सक्रिय भएर लाग्न आवश्यक छ ।

प्रतिक्रिया