सिन्धुली,३ भदौ – सिन्धुली जिल्लामा कोरोना सं क्रमित एक जना बि रामी थपिएका छन् ।
नेपाल बंगलादेश बैक जनकपुरमा कार्यरत कमलामाई नगरपालिका–६ निवासी २१ बर्षिय एक पुरुषमा कोरोना सं क्रमण पुष्टि भएपछि बुधबार सिन्धुली ल्याइ उपचार सुरु गरिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार उनलाई एपोलो अस्पताल राम्माडीमा भ र्ना गरी उ पचार सुरु गरिएको हो ।
कोरोना सं क्रमित ती व्यक्तिले सिन्धुलीमा आएर उ पचार गर्ने बताएकोले एम्बुलेन्स पठाएर बिरामी ल्याई उ पचार सुरु गरिएको उहाँले बताउनुभयो । यो सहित सिन्धुली जिल्लामा कोरोना सं क्रमित व्यक्तिको संख्या ३४ पुगेको छ । हाल एपोलो अस्पतालमा १६ जना, सिन्धुली अस्पतालमा एक जना गरी १७ जना बिरामीको उ पचार भई रहेको छ ।
सिन्धुलीमा भेटिएका कोरोना स क्रमित चार जना नेपाली सेनालाई भने बलम्बुमा सशस्त्र प्रहरीको क्याम्पमा उपचार भई रहेको र धुलीखेल अस्पतालमा एक जनाको उपचार भई रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै बि रामीको अवस्था सामान्य रहेको पनि बताउनुभयो ।
अस्पतालका अनुसार सं क्रमण पुष्टि भएका ३४ जनामा एक जना महिला छिन् भने अन्य सबै पुरुष हुन् । जिल्लाबाट अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।