शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रदेश सांसद दाहालको पहलमा सिन्धुलीमा  आ ईसोलेसन भवन बन्ने

आइतवार , श्रावण ३२, २०७७

सिन्धुली,३२ – कमलामाई नगरपालिका–७ माझिटारस्थित भु–संरक्षणको भवन नजिकै ५० बेडको आ ईसोलेसन भवन निर्माण हुने भएको छ ।

पछिल्ला समयमा सिन्धुली जिल्लामा कोरोना सं क्रमित बिरामीको संख्या बढेसँगै बागमती प्रदेश सांसद राजन दाहालले उक्त आईसोलेसन बेड निर्माण गर्न चासो दिनु भएको हो । सांसद दाहालको पहलमा १५ दिनभित्र उक्त भवन निर्माण गर्न लागिएको हो ।

उक्त ठाँउमा आईसोलेसन बेड तयार गर्नका लागि आईतबार बिहान कमलामाई नगरपालिकाका प्राविधिकले अध्ययन गरेका र डिजाईन स्टिमेट समेत बनाउन दिएको सांसद दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुई दिनभित्रमा डिजाईन स्टिमेट तयार हुन्छ । लगत्तै एक तलाको ट्रष्ट भवन बनाएर १५ दिनभित्र निर्माण पुरा गर्ने तयारी गरेका छौं ।” त्यसको लागि स्रोत जुटाउन आईतबार दिउसो नौँ वटै स्थानीय तहका प्रमुखहरुको मिटिङ जिल्ला प्रशासन कार्यालयले डाकेको उहाँले बताउनुभयो ।

“५० बेडको आईसोलेसन र पाँच÷पाँच वटा ट्वाईलेट र बाथरुम निर्माण गरिने छ” उहाँले भन्नुभयो, “स्रोत जुटाउनका लागि प्रदेस सरकारसँग कुराकानी भई रहेको छ । प्रदेस सरकारले नदिए संसदिय विकास कोषको रकम हाल्छु । त्यस्ले पन नपुगे स्थानीय तहसँग रकम मागिने छ ।”

प्रतिक्रिया