सिन्धुली,३० साउन – सिन्धुली जिल्लामा २०७२ सालमा गएको बि नासकारी भु कम्पले ध्व स्त पारेको संरचना पुनःनिर्माण गर्न हालसमम १३ अर्ब रुपैयाभन्दा बढी खर्च भएको छ ।
भु कम्प भएको पाँच बर्षभन्दा बढी समय बित्दा निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङेपुल निर्माण लगायतका संचरना बनाउन हालसम्म १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रुपैया खर्च भईसकेको हो । उक्त खर्च मध्ये नीजि आवास निर्माण गर्न नौ अर्ब ३८ करोड २८ लाख रुपैया खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुर्यप्रकास बिष्टका अनुसार नीजि आवास पुनःनिर्माण तर्फका कुल लाभग्राही ३८ हजार ६१६ जना रहेका छन् । ती मध्ये नीजि आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ जनाले तेस्रो किस्ता रकम लगेका छन् ।
त्यस्तै प्रबलिकरण (घर मर्मत)तर्फका कुल लाभग्राही १४ हजार ४४८ जना रहेका छन् । यि मध्य सम्झौता गरी १२ हजार २७६ जना लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता लगेका छन् । प्रबलिकरण तर्फ अहिलेसम्म ६१ करोड ३८ लाख ८० हजार रुपैया खर्च भएको उहाँले जानकारी दिनुभयो । पुनःनिर्माण तर्फका लाभग्राहीले नीजि आवास बनाउन तीन लाख रुपैया र प्रबलिकरण तर्फका लाभग्राहीले घर मर्मत गर्न एक लाख रुपैया अनुदान पाउने कार्यालय प्रमुख बिष्टको भनाई छ ।
त्यस्तै सोही कार्यालय मार्फत नै भु कम्पीय आपतकालिन सहायता आयोजना अन्तर्गत २९ किमि लम्बाईको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणमा ३८ करोड २९ लाख ८९ हजार २८० रुपैया खर्च भएको छ । सोही सडक अन्तर्गत सिम्ले खोलामा एक करोड ३२ लाख ३३ हजार ३६८ रुपैयाको लागतमा पक्किपुल निर्माणाधिन अवस्थामा रहेको कार्यालय प्रमुख बिष्टले सुनाउनुभयो ।
कार्यालयक अनुसार भु कम्पबाट प्रभावित १८ वटा गुम्बामध्ये १२ वटाको निर्माण कार्य अघि बढेको र ६५ लाख १६ हजार रुपैया खर्च भई सकेको छ ।
त्यस्तै भु कम्पपछिको पुनःनिर्माण अन्तर्गत हालसम्म ४०६ वटा विद्यालयले नयाँ स्वरुप पाई काँचुली फेरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) ले जनाएको छ । उक्त कार्यालयका अनुसार भु कम्पले भ त्काएको र चर्काएको विद्यालयमा नयाँ पक्कि भवन निर्माण गरी नयाँ स्वरुप दिईएको हो ।
जिल्लामा रहेका कुल ५७५ वटा विद्यालय मध्ये २०७२ सालमा आएको बि नासकारी भु कम्पबाट ५१३ वटा विद्यालय प्रभावित भएको थियो । भु कम्प प्रभावित विद्यालयमध्ये ४०६ वटा विद्यालयमा नयाँ भवन निर्माण गरिएको कार्यालय (ईकाई) प्रमुख शिवकुमार सापकोटाले जानकारी दिनुभयो ।
अहिलेसम्म भु कम्प पछिको विद्यालय पुननिर्माणमा दुई अर्ब ६६ करोड रुपैया खर्च भई सकेको उहाँले बताउनुभयो । उहाँका अनुसार भु कम्प प्रभावित विद्यालय मध्ये २६ वटा एसियाली विकास बैंक, ३७ वटा अन्य आईएनजिओ र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भई रहेको छ । यो बर्ष सम्झौता भएका ५९ वटा विद्यालय भवन निर्माणमा करिब ३० करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।
उहाँले भन्नुभयो, “भु कम्प प्रभावित मध्ये कुनै नयाँ भवन बनाउनु पर्ने, कुनै मर्मत गर्नु पर्ने खालका छन् । २०७८ साउन भित्र सबै भु कम्प प्रभावित विद्यालयमा पुनःनिर्माण तथा मर्मत सकेर प्रोजेक्ट बाहिरीने योजना छ ।” बाँकी विद्यालयको बास्तविकता अध्ययन गरि काम सुरु गरिने उहाँको भनाई छ ।
उक्त भु कम्पले जिल्लामा भु कम्पले जिल्लामा १२ वटा स्वास्थ्य संस्थाको भवन पुर्ण र २९ वटा स्वास्थ्य संस्थाको भवन अांशिक रुपमा क्षति भएको तथ्यांक छ । घ्याङलेख गाउँपालिका–५ स्थित शान्तेश्वरी स्वास्थ्यचौकी, सुनकोशी गाउँपालिका ५ स्थित बन्दिपुर स्वास्थ्य चौकी, तीनपाटन गाउँपालिका ३ स्थित भिमस्थान स्वास्थ्यचौकी र आम्बोटे स्वास्थ्य चौकी पुनःनिर्माणको भईरहेको र यि चौकीको कुल लागत छ करोड रुपैया रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) ले जनाएको छ ।
प्राविधिक बिदुर खतिवडाले हरिहरपुर, वितिजोर, रतनचुरा, अमले, तामाजोर, तीनकन्या, खोलागाउँ र जिनाखु स्वास्थ्य चौकी पुनःनिर्माणका लागि गत बर्ष कार्यक्रम आएर पनि स्रोत निश्चित हुन नसक्दा अघि बढ्न नसकेको बताउनुभयो ।