काठमाडाैं२८ कात्तिक- - नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३९ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९८ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५ रुपैयाँ ०७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।
यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४०० रुपैयाँ ६१ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा कायम रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। आवश्यकता अनुसार यो विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने यसभन्दा फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।