शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा फेरी थपिए सं क्रमित

बिहिवार , श्रावण २९, २०७७

सिन्धुली,२९ साउन – सिन्धुलीमा थप एक जनामा को रोना सं क्रमण देखिएको छ ।

सिन्धुली अस्पतालका को रोना फोकल पर्सनल डा. प्रसन्न राजभण्डारीका अनुसार सुनकोशी गाउँपालिका ३ कोटगाउँका शिक्षकमा कोरोना पो जेटिभ पाइएको हो । उनलाई उपचारको लागी सिन्धुली अस्पतालमा ल्याउन लागीएको डा. राजभण्डारी जानकारी दिनु भयो ।

सं क्रमित सुनकोशी गाउँपालिकाले बैकल्पिक माध्यमबाट विद्यालय कक्षा सञ्चालन तयारी गरेपछि शिक्षकहरु गाउँपालिकामा केन्द्रित भएका थिए । कोरोना पो जेटिभ भएका शिक्षक सिरहाबाट नौ दिनअघि आएका थिए । सं क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

सुनकोशी गाउँपालिकाबाट ४४ जनाको नमूना संकलन गरी परीक्षणका लागि धुलिखेल पठाइएको थियो । जसमध्ये एकजना शिक्षकको पोजेटिभ पाइएको थियो ।

गाउँपालिकाले विभिन्न होटलमा शिक्षकलाई राखेको थियो । पोजेटिभ देखिएका शिक्षक साइटारस्थित हाम्रो होटलमा बस्दै आएका थिए । उक्त होटल सील गरिनुका साथै होटलमा सम्पर्कमा आएकाहरुको ट्रयाकिङ कार्यसमेत भइसकेको सुनकोशी गाउँपालिका उपाध्यक्ष दिर्वसिं मुक्तानले जानकारी दिनु भयो ।

प्रतिक्रिया