शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

डिभिजन वन कार्यालयको सेवा अनिश्चित समयका लागि ब न्द

शनिवार , श्रावण १७, २०७७

सिन्धुली १७ साउन – डिभिजन वन कार्यालय सिन्धुलीले अन्य कर्मचारी र सेवाग्राहीलाई समेत कोभिड –१९ सं क्रमण हुने संभावना बढेको भन्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै किसिमको सेवा ब न्द गरिएको जनाएको छ ।

तीन दिन अघि सिन्धुली जिल्लामा बैज्ञानिक वनको अनुगमन गर्न आउनु भएका बैज्ञानीक वन अनुगमन छानविन समितिका संयोजक तथा संघिय सांसद प्रदिप यादबलाई कोभिड–१९ सङक्रमण पुष्टि भएको र उहाँको सम्पर्कमा कार्यालय प्रमुख लगायतका कर्मचारीको भएकोले उक्त सेवा अनिश्चित समयका लागि बन्द गरेको कार्यालयले जनाएको छ ।

समितिका संयोजक सासंद प्रदिप यादवको नेतृत्वमा आएको उपसमितिले साउन १४ गते जिल्लाको दुधौली नगरपालिका–३ मा रहेको विकासपुर सामुदायिक वनको उपभोक्ताहरुसँग अन्र्तक्रिया र वैज्ञानिक वन अन्र्तगत भएको रुख कटानको स्थलगत अनुगमन तथा घाटगद्दि स्थलको अनुगमन समेत गरेको थियो ।

उक्त वैज्ञानिक वन अनुगमन कार्यमा समितिका सदस्य प्रेम आलेमगर, मिना सुब्बा र सिन्धुली क्षेत्र नम्वर एकका सासंद गणेश पहाडी, प्रदेश सभा सदस्य प्रदिप कटुवाल, जिल्ला विकास समितिका संयोजक शंकर बर्मा तिवारी, कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्री, दुधौली नगरपालिकाका नगरप्रमुख घनश्याम राउत लगायतको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले डिभिजन वन कार्यालय सिल गरिएको र अहिले १२ बजेदेखि वन कार्यालयका कर्मचारी लगायत अनुगमन टोलीमा सहभागिहरुको स्वाब संकलन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्वादै भयो, पहिले टोलीमा संलग्न व्यक्तिहरुको पहिलो सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गर्छौ । उहाँहरुको पिसिआर परिक्षण गदौ परिणाम निगेटिभ आए त ढुक्कै हुने थियो ।” उक्त वैज्ञानिक वन अनुगमन टोलिमा तीन जना पत्रकार पनि गएको पाएको र सबैलाई सुरक्षित साथ बस्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

साथै, कमलामाई नगरपालिकाको मेयर खड्ग बहादुर खड्काले आफू उपभोक्ताहरुसँग अन्र्तक्रियामा समावेश भएको तर संघिय सांसद प्रदिप यादब ढिला आएकोले उहाँले उक्त अन्र्तक्रिया छुटाउनु भएको बताउनुभयो ।

प्रतिक्रिया