शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बर्षाले सिन्धुलीको ग्रामीण सडक अ बरुद्ध, ज नजीवन प्र भावित

सोमवार , श्रावण ५, २०७७

सिन्धुली,५ साउन– सिन्धुली जिल्लामा दुई दिनदेखिको अबिरल रुपमा परेको बर्षाले ज नजीवन प्र भावित भएको छ ।

बर्षाका कारण ग्रामीण क्षेत्रका सडकहरु मानिस नै हि ड्न नसक्ने गरी हि लाम्य भएर बि ग्रीएको छ । सोमबार विहान मध्य पहाडी लोकमार्गको गोलन्जोर गाँउपालिका अन्तर्गत हैबार र सुम्नाम बेसिमा पहिरो आई अ बरुद्ध भएको गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिनुभयो ।

उक्त प हिरो डोजर लगाई पन्छाएर यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ । बर्षाकै कारण सिन्धुलीमाढी–चकमके सडक पनि अ बरुद्ध भएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापा मगरले जानकारी दिनुभयो । बर्षाले जमिन गलेकोले पहिरोको जो खिम पनि उत्तिकै बढेको उहाँको भनाई छ ।

बर्षासँगै आएको बाढीका कारण जिल्लाको सुनकोसी, कमला, मरिण, चँदाहा, जिर्घा लगायतका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । बर्षाका कारण मानिस समेत अत्यावश्यक काम भन्दा बाहेक घरबाट बाहिर ननिस्किएको कमलामाई नगरपालिका–४ निवासी तुलसा दाहालले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया