शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको दुधौली नगरपालिकाले बाड्यो राहत

मंगलवार , बैशाख ९, २०७७

सिन्धुुली,९ बैशाख – सिन्धुलीको दुधौली नगरपालिकाका ज्याला मजदुरी गरेर गुजरा गर्ने, परिवारले रा’हत पाएका छन् । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्दै आएका परिवार, अ’साहय, अ’शक्त एकल महिला, विपन्न, गरिव समुदायका परिवारलाई दुधौली नगरपालिकाले रा’हत प्रदान गरेको हो ।

कोरोना भा’इरसको संक्रमण फैैलिन नदिन सरकारले गरेको ल’कडाउनका कारण हातमुख जोर्न नै समस्यामा परेकाहरूको पहिचान गर्दै नगरपालिकाले अहिले सम्म १ हजार घरधुरीलाई रा’हत वितरण गरेको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताउनुभयो । कोरोना भा’ईरस(को ’भिड १९)को सं ’क्रमण फैलिन नदिन क्यारेन्टाईन, आ’ईसोलेसन वार्ड तयार गरेको नगरप्रमुख राउतले बताउनुभयो ।

भारत तथा तेस्रो मुलकबाट आएकाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई नियमित नि'गरानी तथा क्वोरेन्टाईनमा राखिएको र आरडिटी विधिबाट कोरोना भा’ईरसको परिक्षण गरिएको उहाँले बताउनुभयो। आरडिटी विधिबाट १८ जनाको कोरोना भाईरस परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ अर्थात कोरोना भा’ईरस नभएको पाईएको उहाँले जानकारी दिनुभयो ।

कोरोना भा’ईरसको रोकथाम तथा नियन्त्रणका लागि उदयपुर तर्फका सिमा नाका बन्द गरिएको उहाँले जानकारी दिनुभयो । नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र लगाएतका सुरक्षा निकायहरुले सिमा नाकामा नि’गरानी गरी प्रवेशमा कडाई गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार राहतमा एक बोरा चामल, तेल, चना, दाल, नुन लगाएतका दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराइएको छ । प्रत्येक वडाको टोलटोलबाट तथ्यांक संकलन गरेर वास्तविक पीडितलाई रा’हत वितरण गरेको उहाँेको दावी छ ।

प्रतिक्रिया