शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा मृ’तकका परिवारलाई क्रि’याखर्च बापत चामल बितरण

बुधवार , बैशाख ३, २०७७

सिन्धुली, ३ बैशाख– सिन्धुलीको घ्याङलेख गाँउपालिकाले ल'कडाउनको समयमा मृ’त्यु भएका व्यक्तिको परिवारलाई रा'हत बितरण गरेको छ ।

ल'कडाउन घोषणा भएको चैत ११ गतेपछि गाँउपालिका भित्र छ जनाको मृ’त्यु भएको र उनीहरुलाई क्रि’याखर्च स्वरुप तीन बोराका दरले चामल बितरण गरिएको गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका नेता तथा सामाज सेवी छेत्रबहादुर बम्जन र बिरबहादुर थिङको सहयोगमा उक्त चामल बितरण गरिएको उहाँले बताउनुभयो । समाजसेवी बम्जनले दुई बोराका दरले र थिङले एक बोराका दरले चामल सहयोग गरेको पनि उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार चैत ११ गतेपछि वडा नं. १ मा दुई जना, वडा नं. ३ मा एक जना, वडा नं. ४ मा दुई जना र वडा नं. ५ मा एक जनाको मृ’त्यु भएको छ । मृ’तकहरु मुटु रोग, क्या'न्सर लगायतका रो'ग लागेर पहिलेदेखिका नै बि'रामी रहेको र ल'कडाउनको समयमा ज्या’न गु'माएको गाँउपालिका अध्यक्ष भोलनले बताउनुभयो ।

मृ’तकका परिवार आर्थिक रुपमा वि’पन्न वर्गका रहेको र का'’जक्रिया गर्न सहयोग पुगोस भन्ने उद्देश्यले राहत स्वरुप चामल बितरण गरिएको गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया