सिन्धुली – सिन्धुली अस्पतालमा आ’इसोलेसनमा भर्ना गरिएको ब्यक्तीको परिवारका अन्य सदस्यलाई पनि आईतबार क्वा’रेन्टिनमा राखिएको छ ।
आइसोलेसनमा राखेर उ’पचार गरिरहेका पुरुषको रिपोर्ट नआउनजेल परिवारलाई क्वारेन्टाईनमा राखिने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयोे ।
भारतको उत्तराखण्डबाट फर्कीएका कमलामाई नगरपालिका ५ आहाले घर भएका २६ वर्षिय एक पुरुषलाई को’रोना भा’ईरस (कोभिड–१९) को आ’शंकामा शनिवारबाट आइसोलेसनमा राखेर उपचार थालिएको हो ।
भारतबाट फर्कीदा सामान्य अवस्था भएपनि ज्व’रो आई श्वास प्रश्वासमा स’मस्या भएपछि उहाँको को’भिड–१९ को परिक्षणका लागि स्वाब काठमाडौँ पठाइएको प्रजिअ पाण्डेले बताउनुभयो ।
दुई साता अघि मात्र मजदुरी गरेर घर फर्केका ती पुरुषलाई एकाएक ज्वरो आई, श्वास प्रश्वासमा समस्या भएपछि सिन्धुली अस्पतालको आ’इसोलेसनमा भर्ना गरेर उपचार थालिएको अस्पतालका प्रवक्ता डाक्टर प्रसन्न राजभण्डारीले जानकारी दिनुभयो ।
यो संगै जिल्लामा को’रोना भा’इरस सं’क्रमण भएको आशंकामा आ’इसोलेसनमा भर्ना हुनेको संख्या ६ पुगेको छ । यस अघिका पाँच जना विरामीमा को’रोना भा’इरस सं’क्रमणको आशंकामा गरिएको स्वाब परिक्षण नेगेटिभ पाइएको थियो ।
ति पाँचैजना उपचार पछि घर फर्कीसकेका छन भने हाल आ’इसोलेसनमा राखेर उपचार थालिएको विरामीको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।