बिहिवार, मंसिर ३ गते २०८३

Thursday 19th November 2026

सिन्धुलीमा हायसको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते

बुधवार , मंसिर २, २०८३

सिन्धुली,०२ मंसिर — सिन्धुलीको दुधौली नगरपालिका–१० खत्रीचोकमा हायस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छने । मदन भण्डारी राजमार्गअन्तर्गत उक्त सडकखण्डमा मंगलबार दिउँसो करिब १ः१५ बजे दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बुधवार जानकारी दिएको छ ।

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा ४ ख ८०१ नम्बरको हायसले कटारीबाट काठमाडौं आउँदै गरेको प्रदेश १–०२–०५१ प ९५१४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । हायस मोरङको उर्लाबारी नगरपालिका–४ निवासी ३४ वर्षीय सन्तोष घोरासैनीले चलाएका थिए भने स्कुटर खोटाङको केपिलासगढी गाउँपालिका–५ निवासी १९ वर्षीय एलन राईले चलाएका थिए ।

दुर्घटनामा स्कुटर चालक राईको दुवै घुँडा, चिउँडो तथा बायाँ हातमा चोट लागेको छ । स्कुटरको पछाडि सवार सोही स्थानका २३ वर्षीय सुगम राईको दाहिने घुँडा र निधारमा चोट लागेको छ । दुवै घाइतेलाई तत्काल उद्धार गरी दुधौली नगर अस्पताल, सिर्थौली पु¥याइएको थियो। प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि दुवै घाइतेलाई सोही दिन राति ९ः४० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) पु¥याइएको र त्यहाँ उपचार भइरहेको छ ।

दुर्घटनामा हायस र स्कुटर दुवैको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी दुधौली, सिन्धुलीबाट प्रहरी हवल्दार हरेराम खतिवडाको कमाण्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनामा संलग्न हायस चालक, हायस र स्कुटरलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले नियन्त्रणमा राखेको छ ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया