मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

जेनजी आन्दोलनमा हिरासतबाट फरार थुनुवा सिन्धुलीमा पक्राउ

शुक्रवार , आश्विन १६, २०८३

सिन्धुली ,१६ असोज — लागुऔषध मुद्दामा झापास्थित प्रहरी हिरासतमा रहेका बेला जेनजी आन्दोलनका क्रममा भागेका एक थुनुवालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १०, भिमानका २६ वर्षीय विनोद भन्ने धनबहादुर विक छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले उनलाई बिहिवार दिउँसो करिब २ बजेर ४० मिनेटमा पक्राउ गरेको हो । टोलीले उनलाई कमलामाई नगरपालिका वडा नम्बर १० स्थित आफ्नै घर ठेगानाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विक लागुऔषध ब्राउन सुगरसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय अनारमनी, झापाको हिरासतमा थिए । प्रहरीका अनुसार उनी मिति २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका बेला उक्त हिरासतबाट भागेका थिए । त्यसपछि फरार रहेका उनलाई सिन्धुलीस्थित घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालयको हिरासतमा ल्याएर राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीबाट उपलब्ध विवरणमा उनको पक्राउ स्थान, समय र यसअघि हिरासतबाट फरार भएको मिति उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया