मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

अरिंगालको टोकाइबाट सिन्धुलीमा ७३ वर्षीया महिलाको मृत्यु

बिहिवार , आश्विन १५, २०८३

सिन्धुली,१५ असोज — अरिंगालको टोकाइबाट सिन्धुलीमा एक वृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका–७ राताटार बस्ने विष्णु दमाईकी श्रीमती ७३ वर्षीया बिमला परियार रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलकिा अनुसार बुधवार साँझ करिब ७ बजे गोलन्जोर गाउँपालिका–७ स्थित भीम ज्योति क्याम्पस नजिकैको बाटोमा घटना भएको हो । खुर्कोट बजारबाट घर फर्कने क्रममा परियारलाई अरिंगालको गोलोले  टोकेको थियो ।

अरिंगालको टोकाइपछि उनी बेहोस अवस्थामा रहेको जानकारी स्थानीयवासीले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय खुर्कोटलाई गराएका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले घाइते परियारको उद्धार गरी उनका छोरा सन्त बहादुर परियारको साथमा उपचारका लागि खुर्कोटस्थित शुभजिवन अस्पताल पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा राति ९ बजेर १३ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया