शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा लागुऔषधसहित एक जना पक्राउ

शुक्रवार , आश्विन २, २०८३

सिन्धुली,०२ असोज — सिन्धुलीमा प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ भने थप एक स्थानबाट समेत लागुऔषध र नगद रकम बरामद गरेको छ । 


जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार साँझ ७ः४५ बजे कमलामाई नगरपालिका–४ ढुंग्रेबास क्षेत्रमा लागुऔषध नियन्त्रण ब्यूरो बर्दिवास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा रहेका कमलामाई नगरपालिका–६ निवासी ३५ वर्षीय विजय तोलाङेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा तोलाङेको साथबाट प्लाष्टिक बाहेक तौल गर्दा १ ग्राम ६५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने गिलो पदार्थ तथा नगद ३० हजार ६८० रुपैयाँ फेला पारेको जनाएको छ ।

यस्तै, सोही स्थानमा संजिव देवकोटाको घरमा शंका लागेर खानतलासी गर्दा प्रहरीले घरभित्रबाट थप ४ ग्राम १६० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने गिलो पदार्थ र नगद ३१ हजार ५०० रुपैयाँ बरामद गरेको छ ।

बरामद गरिएको लागुऔषध र नगदसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया