सिन्धुली,०२ असोज — बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–६ रातामाटामा मोटरसाइकल दुर्घटना हुँदा एक जना व्यक्ति घाइते भएका छन् ।
बिहिवार बिहान १०ः४५ बजे रातामाटाबाट सिन्धुली बजारतर्फ आउँदै गरेको बा ७९ प २४२७ नम्बरको एफजेड भी–२ मोटरसाइकल सडकमा आएको कुकुरसँग ठोक्किएपछि अनियन्त्रित भई दुर्घटना भएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले शुक्रवार जानकारी दिएको छ ।
मोटरसाइकल कमलामाई नगरपालिका–४ धुराफाँट बस्ने २८ वर्षीय रिदम लामिछानेले चलाएका थिए । दुर्घटनामा चालक लामिछानेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार ४५ वर्षीय मोहन बि.क.को भने टाउको, गाला र बायाँ कुममा चोट लागेर मध्यम घाइते भएका छन् । उनलाई चालक लामिछानेले उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याएका थिए ।
प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घाइते बि.क.लाई प्रारम्भिक उपचारपछि दिउँसो ४ः५० बजे थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।