शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते

बिहिवार , आश्विन १, २०८३

पोखरा,०१ असोज – कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनस्थित गोलचौतारामा मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९ः३० बजे ग १४ प ७०२३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पैदलयात्री पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने बाजुराको खप्तड गाउँपालिका–७ घर भएकी ३१ वर्षीया बिस्ना ओली, उनका ७ वर्षीय छोरा मिसन ओली र ३ वर्षीय छोरा रिसव ओली घाइते भएका छन् ।

त्यस्तै, मोटरसाइकल चालक पोखरा महानगरपालिका–५ गणतन्त्र चोक निवासी १६ वर्षीय सुमित के.सी. पनि दुर्घटनामा घाइते भएका छन् ।

ठक्करबाट घाइते भएका सबै जनाको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको काश्की प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण र घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया