शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दुई चोरी मुद्दाका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

बुधवार , भाद्र २४, २०८३


सिन्धुली,२४ भदौ — जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारीसाधन चोरीसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पठाएको जनाएको छ ।


प्रहरीका अनुसार कमलामाई नगरपालिका–७ सिन्धुलीका २३ वर्षीय काले भन्ने दीपक योञ्जन पक्राउ परेका हुन् । उनीमाथि सम्मानित सिन्धुली जिल्ला अदालतको फैसलाअनुसार दुई छुट्टाछुट्टै चोरी मुद्दामा कैद तथा जरिवाना तोकिएको थियो ।

अदालतको २०८२ साल भदौ ८ गतेको फैसलाअनुसार योञ्जनलाई स्कुटर चोरीसम्बन्धी मुद्दा नम्बर ०७८–८१–०१३१ मा एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । यसैगरी, उनको नाममा रहेको अर्को मोटरसाइकल चोरीसम्बन्धी मुद्दा नम्बर ०७८–८१–०१३२ मा पनि अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

दुवै मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहँदा फरार रहेका योञ्जनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट परिचालित टोलीले खोजतलास गरी नियन्त्रणमा लिएको हो । पक्राउपछि उनलाई प्रचलित कानुनअनुसार थप प्रक्रिया अगाडि बढाउन सम्मानित सिन्धुली जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फरार अभियुक्त तथा फैसला कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यले खोजी अभियानलाई निरन्तरता दिइरहेको री जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए ।

प्रतिक्रिया