शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा अवैध घरेलु मदिरा नष्ट

बुधवार , भाद्र २४, २०८३

सिन्धुली,२४ भदौ  –  सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ स्थित हायुटारबाट हिर्दिङ जाने सडकखण्डको पुलमुनि बेवारिसे अवस्थामा राखिएको अवैध घरेलु मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

प्रहरी गस्ती टोलीले उक्त स्थानबाट करिब ५० लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने करिब ३० लिटर कच्चा पदार्थ फेला पारेको हो । बरामद सामग्रीको कानुनी प्रक्रिया पूरा गर्दै स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियमित गस्ती तथा निगरानीका क्रममा बेवारिसे अवस्थामा रहेको उक्त अवैध सामग्री भेटिएको थियो । घरेलु रूपमा उत्पादन हुने गुणस्तरहीन तथा अवैध मदिराले जनस्वास्थ्यमा जोखिम पु¥याउनुका साथै सामाजिक विकृति बढाउन सक्ने भएकाले नियन्त्रण अभियानलाई निरन्तरता दिइएको छ ।

स्थानीय तहका प्रतिनिधि र नागरिकको उपस्थितिमा गरिएको नष्ट कार्यले अवैध मदिरा उत्पादन तथा कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा हुने अवैध गतिविधिमाथि निगरानी बढाउँदै कानुनविपरीतका कार्यमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

प्रतिक्रिया