सिन्धुली ,१७ भदौ — गत भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका सिन्धुलीका ३२ जनाको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार बाढीपछि ३६ जना अझै सम्पर्कमा आएका छैनन् ।
उद्धार गरिएकामा नवीन तामाङ, नारायणबहादुर खत्री, भुवनबहादुर सुनुवार, श्यामलाल मोक्तान, नवराज मिरचिङ, बद्री थापा, कुमार बुढाथोकी, शंकर मगर, हेमबहादुर बर्ष, दिनेश मगर, परशुराम राई, विमला तामाङ, ज्ञानबहादुर पाख्रिङ, धनबहादुर मगर र सुमन मगर रहेका छन् ।
त्यस्तै, उद्धार हुनेमा सूर्यबहादुर तामाङ, छमलाल श्रेष्ठ, देवकीकुमारी श्रेष्ठ, केबिन श्रेष्ठ, गणेश लुङ्गेली, रत्नबहादुर थापामगर, विशाल मगर, सुरेन्द्रबहादुर थिङ, विजय थिङ, सुजन माझी, ज्ञानप्रसाद बराल, बलबहादुर माझी, भक्तबहादुर माझी, सुनिल माझी, राजन रसाइली, केदार बुढाथोकी र बुद्धिबहादुर थापामगर पनि रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म सम्पर्कविहीन रहेकामा कमलामाई नगरपालिका–१ का राजेन्द्र ढकाल, कमलामाई नगरपालिका–३ का हेमप्रसाद गौतम, फिक्कल गाउँपालिका–२ का दिनेश भनिने खिलनाथ आछामी, कमलामाई नगरपालिका–११ का लक्ष्मण सापकोटा, सोही स्थानका राजकुमार श्रेष्ठ, बुद्धिविक्रम थापा, सोमबहादुर माझी, भरत माझी, शंकर खत्री, टंकबहादुर श्रेष्ठ, प्रेमबहादुर घलान र विष्णुबहादुर श्रेष्ठ छन् ।
हरिहरपुरगढी गाउँपालिका–८ का फुरस्याङ स्याङ्तान, तीनपाटन गाउँपालिका–९ का पदमबहादुर मसांग्री मगर, नैनबहादुर मसांग्री मगर र छत्रबहादुर लामिछाने पनि सम्पर्कविहीनको सूचीमा छन् । दुधौली नगरपालिका–४ का मोहनविक्रम थापा, वडा नम्बर १ का हरि भनिने दीर्घबहादुर कार्की, वडा नम्बर १३ का फलामसिंह सुनुवार, वडा नम्बर २ का लालबहादुर पुलामी मगर तथा घ्याङ्लेख गाउँपालिका–२ का विपिनकुमार गोलेको अवस्था पनि अज्ञात रहेको प्रशासनले जनाएको छ ।
मरिण गाउँपालिका–३ का सञ्चमान मुक्तान र सोही ठाउँका रामे जिम्बा, सुनकोशी गाउँपालिका–२ का अमर यादी मगर, प्रबिन बुर्जा मगर, सुमन बुर्जा मगर, सबिन बुर्जा मगर तथा वडा नम्बर ७ का नेत्रबहादुर स्याङ्बा तामाङ सम्पर्कविहीन छन् ।
गोलन्जोर गाउँपालिका–१ का जितबहादुर पहरी, कमलामाई नगरपालिका–९ का पाण्डव भण्डारी र दिपेन्द्र न्यौपाने, कमलामाई नगरपालिका–८ की रबिना श्रेष्ठ, कमलामाई नगरपालिका–६ का खगेन्द्र मंग्राती, हरिहरपुरगढी गाउँपालिका–८ की एलिना बल तथा सुनकोशी गाउँपालिका–६ का प्रदीप कार्कीको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।