शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जेन–जी आन्दोलनमा फरार प्रतिवादी सिन्धुलीमा पक्राउ

सोमवार , भाद्र १५, २०८३

सिन्धली,१५ भदौ – सिन्धुली प्रहरीले जेन–जी आन्दोलनका क्रममा काठमाडौंस्थित जगन्नाथदेवल कारागार कार्यालयबाट भागेर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी जिल्ला कारागार सिन्धुलीमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका–१०, पिपरा निवासी ४१ वर्षीय घैचा सदालाई प्रहरी चौकी दुधौलीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनी फौदार सदाका छोरा हुन् र जबरजस्ति करणि मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले उनलाई शनिवार अपराह्न ४ बजेर ४० मिनेटमा नियन्त्रणमा लिएको थियो । पक्राउपछि आवश्यक कानुनी कारबाहीका लागि उनलाई जिल्ला कारागार सिन्धुलीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

कार्यालयले सोमवार प्रहरी निरीक्षक उज्वल कार्की द्वारा हस्ताक्षरीत  गरेको प्रेस नोटमा कारागारबाट फरार भएका प्रतिवादीलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको जानकारी दिएको हो । 

प्रतिक्रिया