शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली प्रशासनको आपत्कालीन अपिल

बिहिवार , भाद्र ११, २०८३


सिन्धुली,११ भदौ — भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गहिरो दुःख व्यक्त गरेको छ । कार्यालयले प्राकृतिक विपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना जनाएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।

बाढी प्रभावित क्षेत्रमा व्यापार, रोजगारी, भ्रमण तथा तीर्थयात्राका सिलसिलामा पुगेका सिन्धुलीका नागरिकका आफन्त सम्पर्कविहीन रहेको वा उनीहरूको अवस्थाबारे जानकारी नपाएको अवस्था देखिएपछि प्रशासनले सहजीकरणका लागि सम्पर्क संयन्त्र सक्रिय बनाएको जनाएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिबारे सूचना आवश्यक परेमा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसका लागि जिल्ला प्रशासन कार्यालयअन्तर्गतको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिन्धुलीमा टेलिफोन नम्बर १२३४, ९८५४०५००२४ र ९८५४०७७७१३ मार्फत सम्पर्क गर्न सकिनेछ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका लागि १००, ९८५४०९०१३३ र ९८५४०९०३९८ नम्बर उपलब्ध गराइएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेटक्वार्टर सिन्धुलीको सम्पर्क नम्बर ९८५१२७२६०२ तोकिएको छ ।

विपद् व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आधिकारिक खातामै रकम जम्मा गर्न प्रशासनले अनुरोध गरेको छ । सहयोगका लागि हिमालयन बैंक लिमिटेडको डलर खाता नम्बर ०१९०५६३१२१००४६, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको खाता नम्बर ०१०१३२४३८०१, ०२०१३२४३८०१ राष्ट्रिय वाणिज्य बैंकको, ११३०१००००३७६२००१, ११३०१०००००००६००६, एभरेष्ट बैंक लिमिटेडका ००१००१०५२००२७० र ००१०११०२२०००१२ नम्बरका खाताहरू उपलब्ध छन् ।

नेपाल बैंक लिमिटेडका ००२११६००५१००३९०००००३ र ००२००१००५१००३०००००१, ग्लोबल आइएमई बैंक लिमिटेडका ००४०१०१०००००५७ र ००४११०१००००००५ नबिल बैंकका १७१००१७५०५२८५ तथा कृषि विकास बैंक लिमिटेडका ०१००२०१००२९०७०१४ नम्बरका खातामा पनि सहयोग रकम जम्मा गर्न सकिनेछ ।

प्रशासनले प्रभावित क्षेत्रका लागि वस्तुगत सहायता उपलब्ध गराउँदा भने अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर मात्र पठाउन आग्रह गरेको छ । यसबाट राहत सामग्री आवश्यकता अनुसार व्यवस्थित, समन्वित र लक्षित समुदायसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

68e798d8-3861-40e6-808e-e07784fae68d.jpg

प्रतिक्रिया