सिन्धुली,०९ भदौ– सिन्धुलीमा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको नालीमा खस्दा भारतका एक युवक घाइते भएका छन् । सोमवार राति करिब ९ः२० बजे कमलामाई नगरपालिका–६, रातमाटा क्षेत्रमा उक्त दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्याय हेटोडाले मंगलवार जानकारी दिएको छ ।
ढुंग्रेबासबाट सिन्धुली बजारतर्फ आउँदै गरेको बा ३९ प ५७७० नम्बरको मोटरसाइकल बीपी राजमार्ग सडकखण्डमा अचानक अनियन्त्रित भई सडकछेउको नालीमा खसेको प्रदेश प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार जिल्ला स्थायी घर भएका, श्रेष्ठ वर्कसपमा सिन्धुलीमा कार्यरत करिब २० वर्षीय इमरान आलम घाइते भएका छन् । उनको टाउको र आँखाको आसपास चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते आलमलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । दुर्घटनामा परेको मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा राखिएको छ ।