शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा ढुंगामा उछिट्टिएर स्कुटी दुर्घटना, दुई जना घाइते

सोमवार , भाद्र ८, २०८३

सिन्धुली,०८ भदौ – सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित खहरेपुलमा स्कुटी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतवार बिहान करिब १०ः५० बजे जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प ९७४१ नम्बरको स्कुटी सडकमा रहेको ढुंगामा उछिट्टिएर अनियन्त्रित भई खहरेखोलाको बाँया साइडस्थित डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको  बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले सोमवार जानकारी दिएको छ ।

स्कुटी जिल्ला उदयपुर, त्रियुगा नगरपालिका–५ निवासी करिब २० वर्षीय निशान कार्कीले चलाएका थिए । दुर्घटनामा चालक कार्कीको टाउको, बाँया आँखामुनि, दुवै खुट्टाको घुँडा र दाहिने हत्केलामा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ । स्कुटीको पछाडि सवार महोत्तरी जिल्ला, जलेश्वर नगरपालिका–२ निवासी करिब २२ वर्षीय महित थापाको टाउको र ढाडमा चोट लागेको छ ।

प्रहरीले दुवै घाइतेलाई खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा पु¥याएको थियो । प्रारम्भिक उपचारपछि दिउँसो १ः३० बजे दुवैलाई थप उपचारका लागि एम्बुलेन्समार्फत काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ ।  क्षतिग्रस्त स्कुटी इलाका प्रहरी कार्यालय खुर्कोटको नियन्त्रणमा छ । 

प्रतिक्रिया