दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, अर्का घाइते

शुक्रवार , भाद्र ५, २०८३

सर्लाही,५ भदौ — सर्लाहीको हरिपुर्वा नगरपालिका–३ स्थित काब्रिस्तान क्षेत्रमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

धनकौल–पर्सा भित्री सडकखण्डमा भएको दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हरिपुर्वा नगरपालिका–३ निवासी ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह निवासी ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको उपचार धनुषाको जनकपुरस्थित गोल्डेन अस्पतालमा भइरहेको छ।

दुर्घटनामा संलग्न ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ निवासी २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा राखिएको छ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको वास्तविक कारण, सवारी सञ्चालनको अवस्था तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया