सिन्धुली,२५ साउन — वन संरक्षण, संवद्र्धन, प्राकृतिक स्रोतको दिगो उपयोग, वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान पु¥याएका डिभिजन वन कार्यालय सिन्धुलीका रेन्जर राजकुमार मतारा प्रतिष्ठित ‘गणेश बहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार’मा प्रथम भएका छन् । नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा भू–संरक्षण विभागले आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रदान गरेको उक्त राष्ट्रिय पुरस्कारमा मतारा पहिलो स्थानमा छनोट भएका हुन् ।
वन तथा भू–संरक्षण विभाग, बबरमहल, काठमाडौंले सोमबार एक कार्यक्रमका बिच उनलाई प्रमाणपत्र संगै मतारालाई प्रथम पुरस्कारस्वरूप नगद रु. १ लाख रुपैयाँसहित सम्मान गरिएको छ । वन क्षेत्रको संरक्षण र संवद्र्धनसँगै प्राकृतिक स्रोतको दिगो उपयोग, वातावरणीय सन्तुलन कायम राख्ने प्रयास तथा जैविक विविधता संरक्षणमा उनले पु¥याएको योगदानलाई पुरस्कार छनोटको प्रमुख आधार बनाइएको विभागले जनाएको छ ।
विभागबाट प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ, “वनको संरक्षण, सम्बद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै तपाईँलाई आर्थिक वर्ष २०८३÷०८४ को गणेश बहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार अन्तर्गत प्रथम स्थान प्राप्त भएकोमा नगद रु. १००,००० अर्थात् अक्षरूपी एक लाख रुपैयाँ मात्र सहित यो प्रमाणपत्रद्वारा सम्मानित गरिएको छ ।”
पुरस्कारसँगै विभागले मताराको आगामी कार्यसम्पादनप्रति थप विश्वाससमेत व्यक्त गरेको छ । प्रमाणपत्रमा उल्लेख छ, “यस पुरस्कारले अझ बढी मेहनत, लगनशीलता, इमान्दारी र अनुशासनका साथ भविष्यमा अझ महत्वपूर्ण कार्य गर्न तपाईँलाई थप ऊर्जा प्रदान गर्ने विश्वासका साथ पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।”
हाल डिभिजन वन कार्यालय सिन्धुलीमा रेन्जर पदमा कार्यरत मताराले हासिल गरेको राष्ट्रिय प्रथम स्थानले जिल्लास्तरमा कार्यरत वन कर्मचारीको संरक्षणमुखी कामलाई राष्ट्रिय तहमा स्थापित गरेको छ । यस सम्मानले वन प्रशासनभित्र व्यावसायिक जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यसम्पादनलाई संस्थागत रूपमा प्रोत्साहन गरिएको सन्देशसमेत दिएको छ ।
उक्त प्रमाणपत्रमा वन तथा भू–संरक्षण विभागका महानिर्देशक चिरन्द्र कुमार प्रधान, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र तथा मन्त्री माननीय गीता चौधरीको हस्ताक्षर रहेको छ ।
सम्मान प्राप्त गरेपछि मताराले आफ्ना अग्रज, सहकर्मी, शुभेच्छुक, मित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले यो उपलब्धिले गौरवसँगै वन तथा जैविक विविधता संरक्षण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा अझ इमानदार, जिम्मेवार र समर्पित भएर काम गर्ने थप प्रेरणा तथा दायित्व दिएको बताएका छन्। आगामी दिनमा पनि राष्ट्र, वन तथा वातावरण संरक्षणको अभियानमा अझ उत्कृष्ट योगदान पु¥याउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।